रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली
भोटेकोसी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धार कार्य जारी रहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विज्ञसहितको टोलीले शनिबार रसुवागढी, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा खोज तथा उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







